विज्ञापन

गोंगबु हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ


काठमाडौं, २६ साउन । गोंगबु हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चितवनको टाँडी माधवपुरबाट कल्पना शाहीलाई प्रहरीले पक्राउ गरेको हो। निज शाही आइतबार हत्या गरिएका कृष्णबहादुर बोहोरासँग गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएका थिए। उनको पति विदेशमा रहेको खुलेको छ।

चितवनमा पक्राउ परेकी शाहीलाई चितवनबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। आइतबार गोंगबु गणेश मन्दिर नजिकै सुटकेशमा टाउको र खुट्टाबिनाको शव भेटिएको थियो। 

प्रहरीले कुकुरको सहायताले टाउको र खुट्टा सुटकेश भेटिएको ३ सय मिटर पर फेला पारेको थियो। प्रहरीले शव भेटिएको ५० मिटर पर हत्या भएको घर फेला पारेको थियो।

शव पहिचानको लागि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । आइतबार दिउँसो अबेर मात्र मृतकको मामा सम्पर्कमा आएपछि मृतकको पहिचान खुलेको हो। हत्या गरिएका व्यक्ति दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको खुलेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Post a Comment

0 Comments