विज्ञापन

बाँकेमा २६ जना कोरोना संक्रमित थपिए

 

नेपालगञ्ज, २७ साउन । बाँकेमा आज २६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार, बाँकेमा नमूना संकलन गरिएका ५६ जना संक्रमित थपिएका छन् । त्यसमध्येमा बाँके ठेगाना भएका २६ जना रहेका छन् । बाँकी विभिन्न जिल्लाका रहेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजका थप पाँच जनामा कोरोना देखिएको छ । एकजना चिकित्सक र दुई जना कर्मचारी तथा दुई जना बिरामी भएको बुझिएको छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या हुन थालेको छ ।

Post a Comment

0 Comments