विज्ञापन

विद्यार्थी भर्ना र परीक्षा कार्यक्रम असोज १ बाट मात्र सञ्चालन गर्न प्रस्ताव

 

काठमाडौं, २६ साउन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थी भर्ना र परीक्षा कार्यक्रम असोज १ बाट मात्र शुरु गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

बन्दाबन्दीको अन्त्यपछि कोरोनाा संक्रमण समुदाय स्तरमा फैलिने जोखिम बढिरहेेेेको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने सीसीएमसीको आइतबार बसेको बैठकले प्रस्ताव गरेको हो ।

यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

देशव्यापी रूपमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ महिनाभरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना कार्यक्रम गर्न नहुने सीसीएमसीको बैठकले ठहर गरेको हो ।

Post a Comment

0 Comments