विज्ञापन

मानवता हराएको मान्छे

सबिना बराल



अचेल दिनप्रतिदन जसो बढ्दै गएको सामाजिक द्वन्द्व र अपराधले विकृति बढाइरहेको छ । मानव सभ्यताको विकाससँगै मानिसमा आएको चेतना र शिक्षाले उसको संवेदनामा पनि विकास भएको पाइन्छ । तर आजभोलि उसका चेतनाहरुले सीमा पार गरी अवचेतन मनले कुकार्य गर्न बढी नै प्रोत्साहन गरिरहेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आउने घटनाका वृत्तान्तहरुले हरेक मानिसका मन मस्तिष्कमा नराम्रो छाप पारेको छ । मान्छेले पद, पैसा र प्रतिष्ठाको लागि गिरिरहेको छ ,भने आफ्नो मर्यादा पनि नाघेर भविष्यलाई अन्धकारमा धकेलिरहेको छ । समाजमा भइरहेका नराम्रा घटना र परिघटनाहरु विकासे खेती झैं मौलाएर त्यसका लहराहरू जताततै फैलिएका छन् र त्यसैका जराहररूले पकड जमाएका छन् । त्यस्ता कयौँ उदाहरणहरू छन् हाम्रो समाजमा जसले समाजलाई नराम्ररी धमिल्याएको छ । मान्छेले आफ्नो नैतिकता भुलेको छ ,मर्यादा नाघेको छ र पैसा र शक्तिको दम्भमा अडेस लगाएको छ । हत्या,हिंसा,बलत्कार,चोरी, डकैती लागूऔषध दव्र्यसन कालोबजारी बालबालिका ओसारपसार तथा बेचबिखन,भ्रष्टाचार लगायतका अनेकौं धन्दामा मान्छे व्यस्त र मस्त छ । आफ्नो धर्म,नाता र अस्तित्वभन्दा पर रहेर आज मान्छे किन यति निर्दयी र क्रुर भइरहेको छ <

    पछिल्लो समयमा भएको हेटौँडाकी ;ष्मिता काण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पायो,तर अपराधी पत्ता लगाउन सकिएन  । त्यसअघि रुकम घटना जसले जातीय द्वन्द्व निम्त्याएको छ। यी त समाजका प्रतिनिधि घटना मात्र हुन् यस्ता अनेकौं घटनाहरु समाजमा घटिरहेका हुन्छन् । कतै बाबुले छोरा मारेका घटना,कतै छोरीले आमा मारेका घटना,कतै ज्वाई कुटिएका र कतै बुहारी पिटिएका घटना जताततै सुनिन्छन् । विशेष गरी महिला तथा बालबालिकाहरु असुरक्षित भइरहेका छन् । अझ लिङ्ग पहिचान गरी छोरी भएकै कारण गर्भपतन भइरहेका छन् । भ्रुण हत्यादेखि लिएर बालिका, किशोरी,युवती,आमा र हजुरआमा हुँदा समेत महिलाहरु आफ्नो घरमा सुरक्षित हुन सकेका छैनन् । पीडित र पीडक बीच लिङ्गको असमानता भन्दा पनि समान लैङ्गिक भएका व्यक्तिहरुबाट नै महिलाहरुले ज्यान गुमाउनु परेको नमिठो यथार्थता हाम्रो सामु छर्लङ्ग छ । नारीले नारीमाथि दमन गरेका र पुरुषहरुले आफ्नो मर्दपन देखाएर शोषण गरेका घटनाहरु सदियौंदेखि समाजमा प्रचलित छ । कतिपय सन्दर्भमा पुरुषहरुमाथि हैकमवाद चलाएर खाडीमा कमाएको पैसा साडी र गाडीमा उडाउने महिलाहरु पनि प्रशस्तै भेटिन्छन् समाजमा । समान अधिकार र लैङ्गिक समानताका लागि कयौं आन्दोलनहरु भए, महिला हिंसा र दुर्ब्यवहार का थुप्रै आवाजहरु उठाइए,सदन गर्जिन्छ ,सडक तातिन्छ तर महिलाका मुद्दाहरु सेलाउँछ । दबाब र अभावमा आफ्नो जीवन गुजारिरहेका महिलाका आफ्नै पीडा र व्यथा छन् । पछिल्लो समयमा कोभिड-१९ को कारणले बन्दाबन्दीको  अवस्थामा मान्छे अझ बढी मानसिक तनावबाट गुज्रिएको छ । बेरोजगारी र कार्यअसफलताका कारण हामिले हाम्रो मनलाई चञ्चल हुनबाट रोक्न सकेनौ र कुबाटोलाई अँगाल्न बाध्य भइरहेका छौँ । फेसबुक लाइभ गरेर आत्महत्या गर्ने लहडले पनि मान्छेलाई अत्यायो ।

    त्यसैले यस्ता घटना न्यूनीकरणका लागि सरकारले बेलैमा सोच्नु जरूरी छ । र उचित खालका नीति नियम तर्जुमा गर्नुपर्दछ । यसका लागि विद्यालय तहदेखि नै नैतिक शिक्षा र अध्यात्मले जोड्नुपर्दछ ।  

Post a Comment

0 Comments