विज्ञापन

हाम्रो बारेमा

सत्य तथ्यलाई उजागर गर्ने तथा समृद्ध नेपालको सपना साकार पार्ने अभियान हो 'शब्दबाग'। कल्पनाको बगैंचामा डुल्न मन पराउने साहित्यानुरागीहरूका लागि शब्दहरूको सुन्दर फूलबारी हो 'शब्दबाग'। हामी मामुली भीडमा हराउने छैनौं भन्ने प्रणका साथ आफ्नै धरातलमा दह्रोसँग उभिएका छौं।
 
हामी खास दल, विचार वा सिद्धान्तको पछि लाग्दैनौं। सिङ्गो समुदाय, जनता, सार्वभौमिकता र मुलुकको स्वतन्त्रता हाम्रो आदर्श हो। हामी सदैव सत्य र न्यायको पक्षमा वकालत गर्छौं। हामी पत्रकारिताको मूल्य, मान्यता र धर्मको धज्जी उडाउने छैनौं। स्वतन्त्र, निष्पक्ष र सत्य समाचारलाई आम-जनतामाझ ल्याउन तल्लीन रहँदै मनोरञ्जन, साहित्य, कला, संस्कृति, खेलकूद, जीवनशैली, प्रविधि, शिक्षा, कृषि, पर्यटन, अर्थतन्त्र, व्यवसाय लगायतका समाजका विविध पक्ष र आयामका रङ्गहरूलाई डिजिटल पर्दामा समेट्न जुटेका छौं। 

विश्वभर छरिएर रहेका नेपाली मनहरूलाई सँगाल्दै एउटा इन्द्रेणी रङ्गको सुन्दर बगैंचाको रूपमा 'शब्दबाग'लाई हुर्काउने छौं भन्ने हाम्रो प्रण छ। हो हामी सिंहदरबारसँग पहुँच नराखौंला, तर आम-नेपालीको घरदैलो, चूलोचौका, गोठ, खोरिया, खेत र खलियानहरूमा हाम्रो साइनो रहिरहने छ। जनताले के-कस्तो सेवा सुविधा पाए/नपाएको मूल्यांकन हामी जरुर गर्नेछौं। 

'शब्दबाग' लोकतान्त्रिक विधिको शासन र युगीन परिवर्तनको पक्षपाती हुनेमा प्रतिबद्ध छौं। यसले सिङ्गो मुलुक, नेपाली मन, सन्तुलित विचार र वर्तमान समाजका वास्तविक विविध आयामहरूलाई अभिलेखीकरण गर्नेछ। हामी कसैको कुनै निजी स्वार्थबाट परिचालित छैनौं । हाम्रो एक मात्र स्वार्थ भनेको स्वतन्त्र, सुसंस्कृत र समृद्ध समाजको निर्माण नै हो। हामी सबै न्यायप्रेमी र देशभक्त नेपालीको आवाज बन्ने कोशिश गर्नेछौं। 'सत्य पर्गेल्ने एउटै सूत्र'को रूपमा 'शब्दबाग'लाई स्थापित गर्ने हाम्रो प्रतिबद्धता छ।

कुनै समाचार, विज्ञापन, साहित्यिक रचना र जानकारीहरू हामीलाई पठाउनु परेमा दिइएको ई-मेलमा पठाउन सक्नुहुनेछ।

सम्पर्क ठेगाना:

चन्द्रागिरि नगरपालिका, वडा नं १२, सतुङ्गल
काठमाडौं ।

ई-मेल: shabdabaag77@gmail.com
          bhanubhaktabista@gmail.com

सम्पर्क नं: 9847349904
               9845125036