विज्ञापन

डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु


धनगढी, २८ साउन । डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । 

उनीहरूको सनाखत भने भएको छैन। उनका अनुसार २९ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल लैजाने काम भइरहेको छ। ७ जनाको अवस्था भने गम्भीर छ।

कैलालीको त्रिनगर सीमानाकाबाट ३२ जना यात्रु बोकेर गएको बसमा कति जना यात्रु थपिए भन्ने यकिन नभएको उनले बताए । बस अछामका लागि छुटेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन। 

भारतबाट फर्किएकाहरूलाई लगेर धनगढीबाट छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा आज बिहान दुर्घटनामा परेको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको छ।

Post a Comment

0 Comments