विज्ञापन

आज देशभर ६३८ संक्रमित थपिए



काठमाडौं, २७ साउन । नेपालमा बितेको २४ घण्टामा ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार दश हजार पाँच सय बैसठ्ठी जनाको नमूना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पाइएको हो। यससँगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। 

आज १ सय ७१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म निको भएर घर फर्कनेको संख्या १६ हजार ६ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमितमध्ये ८३ जनाको मृत्यु भएको छ भने देशका विभिन्न अस्पताल एवम् आइशोलेशनहरूमा हाल ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मंगलबार काठमाडौं उपत्यकामा मात्रै १ सय ३४ संक्रमित थपिएका छन्।

Post a Comment

0 Comments