काठमाडौं, २६ साउन । नेपालमा सोमबार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कुल ८ हजार ४ सय ३२ नमूना परीक्षण गरिएकोमा ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा आज ४३ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा थपिएका संक्रमितहरूमा काठमाडौंका ३६, ललितपुरका ४ र भक्तपुरका ३ जना रहेका छन्।
हालसम्म नेपलामा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। संक्रमणबाट अहिलेसम्म ७९ जनाले ज्यान गुमाएका छन्।
नेपालका हालसम्म ४ लाख ५२ हजारभन्दा बढीको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।




0 Comments