विज्ञापन

चक्कु प्रहार गरी युवकको हत्या

काठमाडौंं, ३० साउन । केहीबेर अघि मात्रै राजधानीको मनमैजुमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ।

काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । 

तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने लक्ष्मणको हत्या गरेको बताइएको छ । 

मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ । आपसमा विवाद हुँदा चक्कुले हानेर हत्या गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले  जानकारी दिए ।

Post a Comment

0 Comments