विज्ञापन

उपत्यकामा पहिलोपटक सयभन्दा बढीमा संक्रमण


काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा पहिलोपटक एकैदिन १ सयभन्दा बढी संख्यामा संक्रमण भेटिएको हो।

संक्रमित हुनेहरूमा काठमाडौं जिल्लाबाट ९२ जना, ललितपुरमा १० र भक्तपुरमा ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित ब्रिफिङमार्फत् जानकारी दिए। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको थियो। बिहीबार उपत्यकामा ८६ जनामा संक्रमण पाइएको थियो।

शुक्रबार देशभरबाट ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ७० जनाको मृत्यु भइसकेको छ भने १५ हजार ८ सय १४ जना संक्रमणमुक्त भएर घर फर्केका छन्।

Post a Comment

0 Comments