काठमाडौं, १२ साउन । सोमबार नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुनको भाउ एकैदिन १२ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आइतबार र सोमबार दुवै दिनको मूल्य कीर्तिमानी मूल्य हो।
आज चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ। हिजोको मूल्यमा ६० रुपैयाँ थपिंदै आजको मूल्य प्रतितोला १२ सय १० पुगेको हो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रतिऔंस १९ सय ३२ अमेरिकी डलर रहेको छ।




0 Comments