विज्ञापन

यसरी सुत्नुहोस्, लाग्नेछ सुन्दरतामा चार चाँद


कागती स्वास्थ्यको लागि अति उपयोगी फल हो। यसले केवल एसिडिटीबाट राहत मात्र दिंदैन, बरु खुट्टा गन्हाउने समस्याबाट समेत मुक्ति दिलाउँछ । जुत्ता लगाउँदा आउने दूर्गन्धलाई हटाउन कागती एउटा अचूक उपाय साबित हुनसक्छ ।




जुत्ता लगाएपछि मोजा गन्हाउने समस्याबाट छुटकारा पाउनका लागि सुत्नुभन्दा पहिले पैतालामा एक टुक्रा कागती राखी मोजा लगाएर सुत्नु पर्दछ । बिहान उठ्दा यसको शानदार फाइदा महसूस गर्न सक्नुहुनेछ । आउनुहोस् यसरी सुत्नुको फाइदा के के छन्, जानी राखौं ।



कुर्कुच्चा र पैतालाको छालाको सुरक्षा गर्छ।


प्रायः मानिसहरू कुर्कुच्चाको छाला फुटेर हैरान भइरहेका हुन्छन् । यस्तो अवस्थामा तपाइँ यदि सुत्ने बेलामा मोजाभित्र कागती राखेर सुत्नुभयो भने यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यसरी सुत्दा कागतीले छाला नरम र मुलायम बनाउनुको साथै फुटेको कुर्कुच्चालाई समेत ठीक गर्दछ ।



खुट्टाको दूर्गन्ध भगाउँछ।

जुत्ता-मोजा लगाउँदा गोडा गन्हाउने समस्या साझा समस्या हो । यदि तपाइँ पनि यो समस्या भोगिरहनु भएको छ भने सुत्ने बेला दिनहुँ कागती राखेर मोजा लगाएर सुत्नुहोस् । नियमित यसो गर्नाले खुट्टा गन्हाउने समस्या हल भएर जान्छ ।




कसरी प्रयोग गर्ने त कागती ?  जानीराखौं ।

सर्वप्रथम कागतीलाई दुई टुक्रामा काट्नुहोस् । अब कागतीको एक टुक्रालाई मज्जाले पैतालामा दल्नुहोस् । बाँकी बचेको अर्को टुक्रालाई कुर्कुच्चामा हातले च्यापेर मोजा लगाउनुहोस् । कागतीलाई मोजाभित्र कम्तिमा दुई घण्टासम्म राख्नुहोस् ।





कसरी गर्छ कागतीले असर ?


कागतीको रसमा यस्ता कैयौं तत्वहरू हुन्छन् जसले पैताला र कुर्कुच्चाको समस्यालाई हटाउन मद्दत गर्छन् । नियमित प्रयोग गरेको केही समयपछि नै यसको सकारात्मक असर देख्न सकिन्छ ।


Post a Comment

0 Comments