काठमाडौं, २४ साउन । राजधानीलगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढिरहेको बेला केही जिल्लामा भने कोरोना संक्रमण शून्यमा झरेको छ।
संखुवासभा, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी नेपालका सातवटा जिल्लाहरू कोरोनामुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेखित जिल्लाहरूमा संक्रमण नदेखिएको जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ७८ जना संक्रमित थपिँदा ४ सय ९९ जना कोरोनामुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ।



0 Comments