विज्ञापन

नेपालमा संक्रमितको संख्या २१ हजार नाघ्यो, उपत्यकामा मात्रै थप ६२ जनामा संक्रमण


काठमाडौं, २० साउन । पछिल्लो चौबीस घण्टामा नेपालमा २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या २१ हजार ९ पुगेको छ। 

देशभरबाट पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो, जसमध्ये काठमाडौं उपत्यकामा मात्रे ६२ जना कोरोना संक्रमित थपिएका छन्। 

संक्रमित हुनेहरूमा काठमाडौं जिल्लाका ४८ जना, भक्तपुरका १३ र ललितपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये नेपालमा अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् भने १५ हजार २० जना संक्रमणमुक्त भइसकेका छन्।

Post a Comment

0 Comments