काठमाडौं, २९ साउन । बिहीबार नेपालमा ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन्।
बितेको २४ घण्टामा ९ हजार ५ सय ५९ जनाको नमूना परीक्षण गरिएकोमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्रै आज १ सय २५ जनामा संक्रमण पाइएको छ। काठमाडौंमा १११ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
देशभरबाट पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमणमुक्त भएर घर फर्केका छन्।




0 Comments