विज्ञापन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु


सुनसरी, २८ साउन। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान प्रतिष्ठानमा मृत्यु भएको हो ।

श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा .निदेश सापकोटाले जानकारी दिए ।

आइसोलेसनमा उपचाररत रहेका संक्रमितको अवस्था गम्भीर भएपछि भेण्टिलेटरमा लैजाने तयारी गरिरहेको बेला बुधबार बिहान १ः२० मृत्यु भएको हस्पिटलका प्रवक्ता सापकोटाले जानकारी दिए। उनको शव आइसोलेशनमै रहेको छ ।

मृतकको शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । बुधबार मृत्यु भएको पुरूषसँगै मोरङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि विराटनगरका ४ पुरूष, रंगेली ८ र रतुवामाइ नगरपालिका ८ का १/१ जना पुरूषको मृत्यु भइसकेको छ ।

Post a Comment

0 Comments