विज्ञापन

विराटनगरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा पछिल्लो १२ घण्टामा दुई पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार राति गरिएको पीसीआर परीक्षणमा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र संवाददाता जितेन्द्र ठाकुरसहित २३ जनामा कोरोना पुष्टि भएको हो । भण्डारीसहित विराटनगरमा कोरोना संक्रमित हुने पत्रकारको संख्या ६ पुगेको छ ।

आज थपिएका संक्रमितमा सबैभन्दा धेरै विराटनगर–१७ का ७ जना छन् । योसँगै विराटनगरमा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ६ पुरुष र १ सय ७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

दुई जनाको मृत्यु भएको विराटनगर ९ मा सबैभन्दा धेरै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरको बजार क्षेत्र समेटिएको ९ नम्बर वडाको गुद्रीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि आइतबार रातिबाट सो क्षेत्र सिल गरिएको छ ।

Post a Comment

0 Comments