विज्ञापन

पछिल्लो २४ घण्टामा ८८५ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु



काठमाडौं, १० भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। बितेको २४ घण्टामा ३ सय ८५ जना निको भएर घर फर्केका छन्। हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र नौ पुरुष रहेका छन्। योसँगै हालसम्म कोरोनाको कारण १७५ जनाको मृत्यु भएको छ जुन कुल संक्रमितको शून्य दशमलव ५ प्रतिशत हो।

Post a Comment

0 Comments