विज्ञापन

सुनको भाउ एकै दिन ६ हजार २ सय रुपैयाँले घट्यो


काठमाडौं, २८ साउन । सुनको भाउमा एकै दिन भारी गिरावट आएको छ । मंगलबारको तुलनामा प्रतितोला  ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार एकैचोटि  सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । आज तेजाबी सुनको कारोबार प्रतितोला ९४ हजार ९ सय रुपैंयामा भइरहेकाे छ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको  महासंघले जनाएकाे  छ।

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्यमा गिरावट आएको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको दाबी गरिएको छ ।

Post a Comment

0 Comments