यससँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। पछिल्लोपटक ३ सय १३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ।
ताजा तथ्यांक अनुसार अहिले नेपालमा १३ हजार सक्रिय संक्रमित छन्। अहिलेसम्म ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गरिसकिएको छ। देशभरका संस्थागत आइशोलेसनमा ८ हजार ५ सय ८१ जना र होम आइशोलेसनमा बाँकी ५ हजार ६६९ जना रहेका छन् भने १० हजार ४५३ जना देशका विभिन्न स्थानमा क्वारेन्टिनमा रहेका छन्।
बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा छन् भने देशभरबाट १ सय ३८ जना आईसीयूमा रहेका छन्। आईसीयूमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ जना रहेको मन्त्रालयले जनाएको छ।
मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं गरी सात जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका छन्। उता मुस्ताङ र हुम्लामा भने कोरोना संक्रमण शून्य रहेको छ।




0 Comments