विज्ञापन

पर्सा जिल्लामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


वीरगञ्ज, १८ साउन । पर्सा जिल्लामा ४५ जना कोरोना संक्रमित थपिएका छन्। 

शनिबार राति नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका हुन्।

संक्रमण देखिनेमा ५ देखि ६२ वर्ष उमेर समूहका ३१ जना पुरुष र १४ जना महिला रहेका छन्। उनीहरूको साउन १२ देखि १६ गतेसम्म स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

उनीहरूमध्ये २९ जनाको मास टेस्टिङअन्तर्गत स्वाब संकलन गरिएको थियो भने ७ जनाले स्वच्छाले परीक्षण गराएका थिए। बाँकी ८ जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

संक्रमित हुनेहरूमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका दुईजना र उनको सम्पर्कमा आएका चारजना पनि छन्।


Post a Comment

0 Comments