काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा आज एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पाइएका छन्। उपत्यकामा मंगलबार एकैदिन ५३ जनामा कोरोना संक्रमण देखिएको हो।
काठमाडौं जिल्लामा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल, शिक्षण अस्पताल, पाटन अस्पताल र नेपाल प्रहरी अस्पतालमा उनीहरूको परीक्षण गरिएको थियो।
केही समययता उपत्यका बाहिरका विभिन्न जिल्लाबाट मानिसहरू काठमाडौं भित्रिन थालेका छन्। लकडाउनलाई निश्चित शर्तहरूसहित फिर्ता लिएपछि उपत्यका आउने मानिसको संख्या ह्वात्तै बढेको छ जसले गर्दा संक्रमणको जोखिम पनि बढेको छ।




0 Comments