विज्ञापन

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए


काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा आज ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। उपत्यकामा थपिएका ९ जना संक्रमितमध्ये ५ जना काठमाडौं जिल्लाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ललितपुर र भक्तपुर जिल्लामा दुई-दुई जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। संक्रमित कहाँका हुन् भन्नेबारे मन्त्रालयले खुलाएको छैन।

बिहीबार नेपालमा कुल १४७ जना संक्रमित थपिएका छन्। हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ हजार २४१ पुगेको मन्त्रालयले जनाएको छ। अझै ५,३५८ सक्रिय संक्रमित रहेका छन्। आजै वीरगंजमा एक जना संक्रमित बिरामीको मृत्य भएको छ।

Post a Comment

0 Comments