विज्ञापन

पर्सामा १९ जनामा कोरोना संक्रमण पुष्टि


वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज-१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मृतकबाहेक १४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। ९ वर्षका बालकदेखि ४५ वर्ष उमेरका पुरुषसमेत संक्रमित पाइएका छन्। त्यस्तै, स्वास्थ्यकर्मीदेखि कारखानामा कार्यरत कर्मचारीमा समेत संक्रमण भेटिएको हो।

साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरूको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

Post a Comment

0 Comments