काठमाडौं, ९ भदौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको जानकारी दिएका छन्।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषदमा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका हुन् । घिसिङलाई पुनः प्राधिकरणमा निरन्तरता दिने कुनै निर्णय नभएको उनको भनाइ छ।
त्यसैैैैैगरी, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ पुनः नियुक्तिको समाचार कपोल्कल्पीत र भ्रामक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेेेेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते समाप्त हुँदैछ। उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेको थियो भने उनको बहालीसँगै देशलाई लोडसेडिङमुक्त बनाएका थिए।
घिसिङको नेतृत्वमा देश लोडसेडिङ मुक्त बनेको भन्दै उनलाई पुनः सोही पदमा दोहोर्याउनुपर्ने माग भइरहेको छ। उनी नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ।




0 Comments