विज्ञापन

खोलाले बगाएर बेपत्ता बालक मृत फेला


झापा, ४ भदौ । सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका-२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।

बुधबार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोजतलास गर्ने क्रममा विपद व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिब ५० मिटर दक्षिणमा मृत फेला पारेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

0 Comments