विज्ञापन

मंगोलियाले खरिद गर्‍यो ११ टनभन्दा बढी सुन


उलानबटोर, २१ साउन । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढिरहँदा मंगोलियाले ११ टनभन्दा बढी सुन खरिद गरेको छ।

मंगोलियाको केन्द्रीय बैंकले यो वर्ष ११ दशमलव ३ टन सुन खरिद गरेको बुधबार जनाएको हो। देशको आर्थिक स्थिरता सुनिश्चित गर्न सुन खरिद गरेको सेन्ट्रल बैंक अफ मंगोलियाले जनाएको छ। 

विदेशी मुद्राको संंचितीले कुनै पनि देशको अर्थतन्त्र मजबूत भएको प्रमाणित गर्दछ। मंगोलियासँग अहिले ३ अर्ब ६० करोड अमेरिकी डलर विदेशी मुद्रा संचिती रहेको जनाएको छ। उक्त रकमले आगामी ६ महिनाभन्दा बढी समयको लागि आयात धान्ने बैंकले दाबी गरेको छ।

मंगोलियाले मात्र नभई विश्वभरका केन्द्रीय बैंकहरूले विदेशी मुद्राको संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ।

Post a Comment

0 Comments