विज्ञापन

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३०१ जना संक्रमित



काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ३ सय १ जना संक्रमित थपिएका छन्। उपत्यकामा एक दिनमा संक्रमण पुष्टि भएको यो नै सबैभन्दा ठूलो संख्या हो।

संक्रमितहरूमध्ये काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यसअघि मंगलबार उपत्यकामा २३२ जनामा संक्रमण पुष्टि भएको थियो।

Post a Comment

0 Comments