विज्ञापन

आइतबार देशभर ८१८ जनामा संक्रमण पुष्टि


काठमाडौं, ७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। आठ हजार छब्बीस जनाको पीसीआर परीक्षण गर्दा ८१८ जनामा संक्रमण पाइएको हो। योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २८१ जना उपचारपछि घर फर्केका छन्। योसँगै हालसम्म १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। त्यस्तै, देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा अहिले ३ हजार ९ सय ४३ जना घरमै आइशोलेसनमा छन् भने बाँकी विभिन्न अस्पताल एवं आइशोलेसन सेन्टरहरूमा रहेका छन्। 

नेपालमा हालसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोना संक्रमणको कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ।

Post a Comment

0 Comments