विज्ञापन

इन्धन ढुवानी गर्ने ट्याङ्कर बिष्फोट


विराटनगर, १२ भदौ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । एक स्थानीय ग्यारेजमा राखिएको  ट्यांकर दिउँसो विष्फोट भएको हो ।नेपाल आयल निगम प्रदेश १ कार्यालय नजिकै रहेको  राम अवतार मोटर्स ग्यारेजमा राखिएको खाली ट्याङकर बिष्फोट भएपनि मानवीय क्षति हुनबाट भने जोगिएको मोरङ प्रहरीले जनाएको छ ।

ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्तिका घरहरू भूकम्पले हल्लाएझैं हल्लिएको थियो भने मोटरर्स ग्यारेज आसपासका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएका थिए । उनीहरुको अवस्था अहिले सामान्य रहेको स्थानीय किर्तिराज कार्कीले जानकारी दिए । अन्य बेहोस हुने ग्यारेजमा काम गर्ने दुई जना मजदुर रहेका छन्। बिष्फोटपछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरमा पनि समान्य क्षति भएको छ । स्थानीयको घरको टिनको छाना उप्किएको थियो । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments