विज्ञापन

दाङमा एक साताका लागि निषेधाज्ञा शुरु


दाङ, १५ भदौ । गएरातीदेखि दाङमा निषेधाज्ञा शुरु भएको छ। जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञाको घोषणा गरिएको हो ।

निषेधाज्ञा शुरु भएसँगै जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरू बन्द भएका छन् । जिल्लाका प्रमुख बजारहरू तुलसीपुर, घोराही, नारायणपुर र लमही बजार पूर्ण रुपले बन्द भएका छन् जसले गर्दा जिल्लामा सुनसान देखिएको छ । 

गएको शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले गएराती १२ बजेदेखि यही भदौ २१ गते रातीसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोना संक्रमणको भयावह अवस्था हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

नियमको उल्लङघन गर्ने जोसुकैलाई पनि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् । सबै आ-आफनो घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन उनले सबैमा आग्रहसमेत गरेका छन् ।



Post a Comment

0 Comments