विज्ञापन

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, ८ भदौ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संकरमितहरूमध्ये १४ जना चितवनका हुन् भने नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जना रहेका छन्। उनीहरू २० देखि ७४ वर्षसम्मका छन्।

आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो। उनीहरूको स्वाब चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको थियो।

यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Post a Comment

0 Comments