धनगढी, १० भदौ । कैलालीको धनगढी नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ५५ हजार नगदसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ वडहराका रत्तन राज रेग्मी, सोही वडाका तिलक अधिकारी, वडा नम्बर २ बैयाडेहडीका सम्राट र बिक्की भन्ने अवनिस सिंह, सुमित भन्ने अनुराग सिंह रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित रतन केसीको नव निर्माणाधीन घरमा जुवातास खेलिरहेको अवस्थामा गएराती पक्राउ गरेको हो।
पक्राउ परेका विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिए।




0 Comments