हेटौंडा, १५ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्र तथा मनहरीको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा गत साउन २६ गतेबाट लागू भएको निषेधाज्ञा भोलि भदौ १६ गतेबाट हटाउने निर्णय भएको छ ।
सोमबार हेटौँडाको जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको भएपनि बजार भने भदौ २५ सम्मका लागि बिहान १० बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।
बैंकहरू भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ । बिहान बजार पूर्ण रुपमा सञ्चालन भएपनि सवारीसाधनमा भने रोक लगाइएको छ ।
दिउँसो १० बजेबदेखि टिपर सञ्चालन गर्न पाइनेछ भने भारी सवारीहरू साँझ सात बजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको ब्यवस्थापन गरेर मात्र सञ्चालनमा ल्याउनुपर्नेछ । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।




0 Comments