विज्ञापन

दक्षिण कोरियामा बाढीको कारण १३ जनाको मृत्यु, १३ बेपत्ता


लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना बेपत्ता रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

राजधानी सउल र आसपासका राज्यमा बसोबास गर्ने १ हजारभन्दा बढी बासिन्दाले घर छोड्नु परेको सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउण्टरमेजर हेडक्वार्टर्सका अधिकारीहरूले मंगलबार जानकारी दिए। उनीहरूले आगामी दिनहरूमा मौसम अझै खराब हुनसक्ने भन्दै चेतावनी दिएका छन्।

मृतक १३ जनामध्ये ६ जनाको गेयोङ्गी राज्यस्थित अस्थायी टहरा पहिरोले पुरिंदा ज्यान गएको थियो। उनीहरू अस्थायी शिविरमा बस्दै आइरहेका मजदुरहरू हुन्। बाढीको कारण ५ हजार ७ सय ५१ हेक्टर कृषिभूमि डुबानमा परेको छ भने राजधानी सउलमा रहेका प्रमुख राजमार्ग र पुलमा क्षति पुर्‍याएको छ।

क्षतिग्र्त क्षेत्रमा अहिले २५ हजारभन्दा बढी प्रहरी र स्वयंसेवकहरू खटिएका छन्।

Post a Comment

0 Comments