सुनको भाउ अहिलेसम्मकै सबैभन्दा बढी कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख दुई हजार पाँच सय रपैयाँ तोकेको छ। सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढी हो।
एक तोला सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो । महासंघले आज तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ निर्धारण गरेको छ।
चाँदीको खरिद बिक्री मूल्य आज प्रतितोला १३ सय ४५ रुपैयाँ छ । सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान राखिरहँदा कारोबार भने न्यून रहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारण नेपालमा पनि मूल्य आकाशिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनी भन्छन्- सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना छैन।




0 Comments