विज्ञापन

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

  


स्याङ्जा, १४ भादौ । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

आईतबार बिहान चार बजे वालिङ नगरपालिका पाँच माझकोटस्थित वालिङ–चापाकोट भित्री कच्ची सडक खण्डमा बिरामी छोडेर काठमाण्डौबाट चापाकोट फर्केको बा. २ झ. ४०११ न.को एम्बुलेन्स सडकबाट करिब दुईसय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

उनले चापाकोट नगरपालिका नौ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनीको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको बताए । 

दुर्घटनामा चापाकोट नगरपालिका नौ बस्ने ३१ वर्षका एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाईते भएका छन् । उनीहरूको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । पोख्रेल सुत्केरी हुन काठमाण्डौबाट घर आएको बुझिएको छ ।

Post a Comment

0 Comments