भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) का केन्द्रीय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् ।
हातहतियार तथा सांगठानिक अपराध लगायतका मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गरेको थियो। फैसला गरे पनि चन्दले धरौटी बुझाउन नसकेपछि कारगार चलान गरिएको थियो ।
सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारगार चलान भएको प्रति बन्दी-प्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरू दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिना धरौटी मंगलबार रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
भोजपुरबाट रिहा हुने बित्तिकै चन्द विरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धी नै मुद्धा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलान्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।




0 Comments