विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोड आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसविरुद्धको खोप छिट्टै उपलब्ध हुने आश रहेपनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने संभावना पनि रहेको बताएका छन्।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक गेब्रेयेसोसले सो कुरा बताएका हुन्। उनले विश्वभरका मानिसलाई सामाजिक दूरी कायम गर्ने, हातको सफाइ तथा मास्क प्रयोग गर्ने लगायतका उपायहरू अपनाउन आग्रह गरेका छन्। केही खोपहरू मानवीय परीक्षणको तेस्रो चरणमा रहेको पनि उनले जानकारी दिए।
यसैगरी, प्रमुख गेब्रेयेसोसले संक्रमित आमाहरूले सन्तानलाई दुध चुसाउन नछोड्न पनि अपिल गरेका छन्। दुधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उनले सुझाएका हुन्।
विश्वभर कोरोना भाइरसबाट हालसम्म एक करोड ८४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये लाख ९७ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ। सबैभन्दा बढी संक्रमण क्रमशः संयुक्त राज्य अमेरिका,ब्राजिल र भारतमा देखिएको छ।



0 Comments