विज्ञापन

भक्तपुरमा सडक दुर्घटना हुँदा १ जनाको मृृत्यु, ३ घाइते



भक्तपुर, ११ भदौ । सूर्यविनायक नगरपालिका–९ को बाँसघारीमा तेल बोक्ने ट्यांकरको ठक्करबाट मिनिभ्यान चालकको मृत्यु भएको छ भने सहचालकसहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मिनिभ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत बाँसघारीस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले विपरीत दिशातर्फबाट आइरहेको बा २१ च ८८०५ नम्बरको मिनिभ्यानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा डा. इवामुरा मेमोरियल अस्पतालमा मृत्यु भएको परिसरका सुचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिए ।

दुर्घटनाबाट मिनिभ्यानका सहचालकसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा सहचालक मोरङ अमरदहका १५ वर्षीय विवेक राजवंशी, मिनिभ्यानमा चढेका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिने छोरा मेडिड छन् ।

घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको डिएसपी गिरीले बताए । सहचालक राजवंशीको अवस्था भने गम्भीर रहेको छ ।



Post a Comment

0 Comments