काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९ सय २९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना ब्रिफिङको १५८औं दिनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २२९ नमूना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए ।अहिले देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।



0 Comments