विज्ञापन

कोरोनाको कारण भक्तपुरमा थप एक जनाको मृत्यु



भक्तपुर, १२ भदौ । कोरोना भाइरस संंक्रमणका कारण भक्तपुरमा थप एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरकी ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

मुटुको रोगी रहेकी महिला १० दिन अघि देखि बिरामी परेको र हिजो बिहीबार उनलाई रोगले अधिक च्यापेपछि मध्यपुर नगरपालिकाको सवारी साधनको सहयोगमा नागरिक अस्पताल पुर्‍याइएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए । 

अस्पताल लैैैैैैजानुअघि बेहोस अवस्थामा रहेकी महिलालाई अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । 

मृतक महिलाको स्वाब संकलन गरी परीक्षणको लागि हिजै पठाइएको भएपनि आज बिहान मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । 

मृतकको ट्राभल हिस्ट्री नभएको र परिवारकै अन्य सदस्यबाट कोरोना सरेको हुनसक्ने नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । 

यसैबीच, परिवारका अन्य सदस्यहरूको स्वाब परीक्षण गरिएको र परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

मृतक महिलाको शब ब्यवस्थापनका लागि नेपाली सेनाको वीरदल गणले तयारी गरेको छ । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Post a Comment

0 Comments