विज्ञापन

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौं, १ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ को नतिजा सार्वजनिक गरेको छ । 

बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

गएको चैत्र ६ गतेदेखि हुने भनिएको परीक्षा अन्तिम समयमा आएर कोभिड-१९ को कारण स्थगित भएपछि विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पारिएको हो। विद्यालयले विद्यार्थीको मूल्यांकन गरी जिल्ला समन्वय इकाईमार्फत् प्राप्ताङ्क बोर्डमा पठाएको थियो।

नतिजा १६०० डायल गरी मोबाइल वा फोनमार्फत् पनि थाहा पाउन सकिन्छ। त्यसैगरी, नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ। माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण वा एनसेलको वेबसाइटमा गएर नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक (जिपिए) हेर्न सकिन्छ ।



Post a Comment

0 Comments