विज्ञापन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


काठमाडौं, ३२ साउन । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर आएकोले मूल्य समायोजनका लागि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेट्टितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे प्रवक्ता उपाध्यायले बताए । 

मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार नै भएको निगमले बताएको छ ।

Post a Comment

0 Comments