विज्ञापन

विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु


विराटनगर, १२ भदौ । विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लहान घर भएकी ६५ वर्षीया महिलाको कोशी कोभिड अस्पतालमा आज बिहान १०ः४५ बजे मृत्यु भएको कोशी कोभिड अस्पतालका संयोजक डा. दिपक सिग्देलले बताए ।

लामो समयदेखि दमको बिरामी रहेकी ती महिलालाई कोभिड अस्पतालमा हिजो साँझ साढे १० बजे भर्ना गरिएको थियो।श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान सात बजे भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको डा. सिग्देलले जानकारी दिए ।

उनको हिजो साँझ कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो ।

Post a Comment

0 Comments