शेयर कारोबार गर्ने तथा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले अब 'मेरो शेयर' अकाउन्ट नवीकरण शुल्क ई-सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्।
योसँगै 'मेरो शेयर'को नवीकरण शुल्क बुझाउन विभिन्न क्यापिटल अर्थात निक्षेप सदस्यकोमा जानुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति मिलेको छ। ई-सेवाले यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्ने सेवा दिएको थियो।
ई-सेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनका अनुसार अब लगानीकर्ताले तत्काल आफ्नो मेरो शेयर अकाउन्ट नवीकरण गर्न सक्नेछन्। नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध रहेको ई-सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम, शेयर कारोबारको रकम, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल, मोबाइल रिचार्ज, हवाइजहाज, सिनेमा, बसको टिकट, स्कुल कलेजको लगायतका विविध शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् भने यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्न सकिन्छ।




0 Comments