विज्ञापन

साउन ३२ गतेसम्म मकवानपुर आवतजावतमा रोक


हेटौंडा, २३ साउन । मकवानपुर जिल्लाले साउन ३२ गतेसम्म आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमणको उच्च सम्भावना देखिएको भन्दै जिल्लाले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्न रोक लगाउने भएको हो।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरबाट अन्य जिल्लामा तथा अन्य जिल्लाबाट मकवानपुर आवागमनमा रोक लगाउने निर्णय गरेको हो। 

बन्दाबन्दीको अन्त्यपश्चात् हेटौंडा बजार क्षेत्रमा भीडभाड बढेकोले कोरोना संक्रमण समुदायस्तरमै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी आवागमनमा रोक लगाउने निर्णय गरिएको बताइएको छ।


Post a Comment

0 Comments