विज्ञापन

नेपालको अर्को गिनिज वर्ल्ड रेकर्ड: 'सगरमाथा सरसफाई अभियान'


काठमाडौं, २७ साउन । नेपालमा गत वर्ष २४ अप्रिलदेखि २९ मेसम्म सञ्चालित 'सगरमाथा सरसफाई अभियान' गिनिज वर्ल्ड रेकर्डमा दर्ज भएको छ। 

सन् २०१९ मा चलेको उक्त अभियान गिनिज वर्ल्ड रेकर्डले 'वृहत सरसफाई अभियान'का रूपमा मान्यता दिएपछि विश्व कीर्तिमान बनेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।

गत वर्ष सगरमाथामा गरिएको यो सरसफाई कार्यक्रमअन्तर्गत १० हजार ३ सय ८६ किलो फोहोर संकलन गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन विभागको तालिम प्राप्त एक दर्जन शेर्पा लगायत नेपाली सेना, स्थानीय तह र अन्य सरोकारवाला यो अभियानमा सक्रियताका साथ खटिएका थिए।

Post a Comment

0 Comments