धनकुटा, २८ साउन । धनकुटाकी एक महिला प्रदेश सभा सदश्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशसभा सदस्य कुुुुसुम श्रेष्ठको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।
प्रदेशसभा सदस्यमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो । श्रेष्ठ दम्पतीलाई नै काेराेना भएकाे पुष्टि भएको छ। उनको श्रीमान् नयन श्रेष्ठमा पनि संक्रमण देखिएकाे छ।
यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उनको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सांसद श्रेष्ठले केही दिनअगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताइन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गरेेेकी छिन् ।





0 Comments