साउदीका ८४ वर्षीय राजा सलमानलाई रियादस्थित किङ्ग्स फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको राज्यको समाचार संस्था एसपीएले जनाएकाे छ।
सन् २०१५ यता अमेरिकासँग राम्रो सम्बन्ध बनाउन भूमिका निर्वाह गरेका राजा सलमानलाई पित्ताशय सुन्निएपछि अस्पताल भर्ना गरिएको हो । यसबाहेक थप जानकारी भने दिइएको छैन।
राजा हुनुअघि ५० वर्ष सम्म रियादका गभर्नर रहेका उनी सन् २०१५ देखि साउदीको राजगद्दीमा बसेका थिए। ।
उनी बिरामी भएको खबर बाहिरिएपछि इराकका प्रधानमन्त्री मुस्तफा अल कधिमीले साउदी भ्रमण स्थगित गरेका छन्।
राजा सलमानले आफ्ना ३४ वर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमानलाई आफ्नो उत्तराधिकारीको रूपमा मानेका छन्। उनले आफ्ना बुबासँग राज्यमा केही सुधार ल्याएका छन्।
राजा सलमान कोरोनाभाइरसको महामारीका कारण लगाइएको भौतिक दुरीको नियमका कारण केही दिनयता सामाजिक भेलामा सहभागी भएका थिएनन्।
यसअघि सरकारी सञ्चारमाध्यमले भिडिओ कन्फरेन्समार्फत उनी कार्यक्रम तथा मिटिङमा सहभागी भएको तस्वीरहरू सार्वजनिक गर्ने गरेका थिए। - एजेन्सी




0 Comments